विश्व/प्रवास

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

covid 19 india dead body

काठमाडौं, साउन ६ –

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस