रौतहट, साउन ६ –
ईशनाथ नगरपालिका-४ बाट स्राेत नखुलेको ११ लाख रूपैयाँसहित सोही स्थान बस्ने १९ वर्षीय पवनकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।
मठिया महुलियाबाट स्रोत नखुलेको उक्त रकम सहित उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।
साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको र बरामद रकमबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।
प्रतिक्रिया दिनुहोस