
वीरगञ्ज, साउन ७ –
पर्साको बहुदरमाई नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने दुईवटा रक्सी भट्टी नष्ट गरेको छ । बहुदरमाई नगरपालिका– ७ बहुअर्वाभठ्ठा बस्ने प्रभु साह कलवारले सञ्चालन गरेका रक्सी भट्टी नष्ट गरिएको हो ।
विशेष सूचनाको आधारमा मंगलबार बिहान ४ बजेतिर गएको प्रहरी टोलीले कलवारले सञ्चालन गरेको दुईवटा रक्सी भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस