समाचार

आजदेखि मापसे चेकिङ, ट्राफिक नियम मिच्‍नेलाई जरिवाना

mapase checking

काठमाडौं, साउन ७ –

सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो । मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

एसएसपी ढकालका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्नेछ । ढकालले भने, ‘हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं । लकडाउन हटेसँगै नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही पनि हुन्छ ।’

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस