
काठमाडौं, साउन ७ –
पालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोमा समाचार पोर्टल सूचीकृत गरिदिन्छु भनी केही सञ्चारगृहसँग रकम माग गरेको सम्बन्धमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ ।
हाम्रो पात्रोले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
हेर्नुहोस्, विज्ञप्ति :
गम्भीर ध्यानाकर्षण भएकोबारे
उपरोक्त सम्बन्धमा यस ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्क सहितको मिडिया सूचीकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं । मिडियासम्बन्धी छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोषकुमार देवकोटाबाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।
यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस् । हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठ्यारोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन ।
मिडिया सहकार्यमा हामीले गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनदेन हुने गरेको छैन र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचीबद्ध गर्ने कार्य पनि बन्द गरिएको बेहोरा यसै सूचनामार्फत् जानकारी गराउन चाहन्छु । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा चाहन्छौं ।
हाम्रो पात्रोको नाममा यदि तपाईं आर्थिक लेनदेनमार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै हुनुहुन्छ भने त्यो नितान्त ठगी प्रयोजनले भएको हो । यसमा अमेरिकास्थित हाम्रो मुख्य कार्यालय Hamro Patro Inc. अथवा नेपालस्थित Smart Ideas Pvt. Ltd. जिम्मेवार हुनेछैन ।
साथै बुद्धनगर-१०, काठमाडौंमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरूपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको बेहोरा समेत जानकारी गराउन चाहन्छु ।
अन्य केही घटनाहरूमा हाम्रो पात्रोको प्रतिनिधि भनि विज्ञापन एजेन्सी तथा हाम्रा विज्ञापनदाताहरूलाई समेत अनाधिकृत भेटघाट गरेको सम्बन्धमा समेत हाम्रो ध्यानाकर्षण भएको छ ।
बजार सम्बद्ध विषयहरूमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई (skdevkota@hamropatro.com) सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद !
—
शंकर उप्रेती
संस्थापक/अध्यक्ष
हाम्रो पात्रो
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।