
काठमाडौं, साउन ७ –
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प सरकारले लिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा आज ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने संकल्पलाई साकार पार्ने दिशामा सबैलाई अग्रसर हुन आग्रह समेत गरेका छन् ।
‘यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ, यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु,’ ओलीको ट्वीटमा भनिएको छ ।
विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । pic.twitter.com/i5CFDffbZq
— K P Sharma Oli (@kpsharmaoli) July 22, 2020