
काठमाडौं, साउन ७ –
अपहरणको नाटक गरेर होटेलमा केटीसँग बसेको आरोपमा काठमाडौं ४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी पक्राउ परेका छन् ।
गत असार २४ गते विहान ५ बजे घरबाट निस्किएर सम्पर्क विहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा उनलाई मंगलबार राति पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनएको छ ।
विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर ऋण लिएको रकम फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको पाइएको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।
गलत सूचनाले प्रहरीलाई हैरानी र राज्यको स्रोत साधनको दुरुपयोग भएको भन्दै उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस