समाचार

नेपालमा पहिलोपटक कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु

covid 19 dead body

काठमाडौं, साउन ७ –

काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए ।

डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो । उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो । ग्रान्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।

ती महिलाको स्वाब परीक्षणका क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएको हो । उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । तर बुधबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको डा दासले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस