समाचार

स्याङ्जामा जिपबाट खसेर एकजनाको मृत्यु

road accident

स्याङ्जा, साउन ७ –

स्याङ्जामा जिपबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका-४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका-४ का १६ वर्षीय मनबहादुर सारुको मृत्यु भएको हो ।

त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

हाल जिप र चलाक दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *