
काठमाडौं, साउन ७ –
नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ हजार ६ सय ८४ निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस