समाचार

सिरहामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

bead body tag

सिरहा, साउन ८ –

सिरहा को गोलबजार नगरपालिका–३ जमनटकीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स.१च ८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा धनगढीमाई नगरपालिका–७ चियाबारी बस्ने २४ वर्षीय उमेश महराको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भूमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका-१० ढोडना बस्ने १९ वर्षीय भरत महराको भूमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस