समाचार

सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न ३ जना पक्राउ

manohar yadav hatya aropi

काठमाडौं, साउन ८ –

सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव रहेका छन् ।

गत असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका–३ घर भई सिरहा नगरपालिका–१७ स्थित बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए ।

घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका–३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किलोमिटर लखेटेर नहरमा डुबाई मारेको खुलेको प्रहरीले जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीजै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस