
काठमाडौं, साउन ९ –
सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।
बिहीबारको तुलनामा चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुनको भाउ तोलाको ९४हजार ५ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ६५ रुपैयाँ थियो ।
चाँदी भाउ प्रतितोला ११ सय ४५ रुपैयाँ पुगेको थियो । सुन चाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि लगातार वृद्धि भइरहेको बताएका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस