समाचार

ट्रयाक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

bead body tag

विराटनगर, साउन १० –

इँटा भट्टाको ट्रयाक्टरले ठक्कर दिँदा शनिबार बिहान एक साइकल यात्री पुरुषको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका–१ स्थितभित्री सडक खण्डमा ट्रयाक्टरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका जहदा गाउँपालिका–५ का ५० वर्षीय विलट राजभरवको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

ठक्कर दिने को २ त १३७६ नम्बरको ट्रयाक्टर एसीसी इँटा भट्टाको रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका कारण खोजी कार्य भइरहेको डीएसपी थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *