
दाङ, साउन १० –
दाङ प्रहरीले लागूपदार्थजन्य पदार्थ अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका–१ भालुबाङस्थित सोल्टी होटेलमा बसेर लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ६ किलो ९६७ ग्राम अफिमसहित रोल्पाका चार जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी–५ का ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको लु १ च ६१७१ नम्बरको जिप र लु ४० प ९८०६ नम्बरको मोटरसाइकल पनि बरामद भएको उनले बताए । बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध शुक्रबार लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।