
काठमाडौं, साउन १० –
कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाका कारण हुनेको संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस