राजनीति

पूर्वमन्त्री जोशीलगायत तीन जना कांग्रेसबाट निस्काशित

govinda raj joshi

काठमाडौं, साउन १० –

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन् । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *