
काठमाडौं, साउन ११ –
चर्चित गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको बारे उनका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस