मोरङ, साउन ११ –
विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ । महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो।
महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । स्वास्थ्य क्षेत्र, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स सेवाबाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै भोलिदेखि नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान हुने सेवासमेत प्रभावित हुने महानगरले जनाएको छ । महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ७ जना उपचाररत छन् । साथै यसअघि शनिबारबाट स्थानीय प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै वीरगञ्जमा पनि निषेधाज्ञा जारी गरेको छ ।