समाचार

ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

kailali road accident

कैलाली, साउन १२ –

कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जना युवतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्ति र ट्रक चालकलाई कारवाहीको माग गर्दै आफन्तले राजमार्गको बौनिया सडक खण्ड अबरुद्ध पारेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस