
काठमाडौं, साउन १२ –
महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी लाइसेन्स बनाइदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेको छ ।
विशेष सूचना तथा निरन्तर निगरानीपश्चात प्रहरीको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं ३ थानकोट खरिबोटबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै विभिन्न ब्यक्तिहरूसँग रकम असुली गर्ने एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुार मुगु जिल्लाको खत्याड गा.पा. वडा नं ८ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका मगरगाँउ बस्ने २५ वर्षीय प्रेमराज पाण्डे रहेको बताए ।
डीएसपी श्रेष्ठका अनुसार विगतमा काठमाडौं च.न.पा. ४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठलगायतलाई लाइसेन्स बनाइदिने भन्दै प्रतिव्यक्ति रू १३,५०० रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया दिनुहोस