समाचार

मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

electricity

तनहुँ, साउन १२ –

तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर सोमबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस