समाचार

बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

thakurbaba nagarpalika bardiya

बर्दिया, साउन १२ –

बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका युवकमा कोरोना पुष्टि भएको छ ।

अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका ४३ वर्षीय राम बहादुर सावदले आइतबार राति ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।

१० दिनअघि भारतको राजस्थानबाट आएका उनी महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तको घरमा गएका थिए । आफन्तले क्वरेण्टीनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पाँच दिनअघि क्वरेण्टीनमा लगेको थियो ।

उनी मानसिक समस्याको बिरामी रहेको पनि प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस