
काठमाडौं, साउन १३ –
आफ्नो खातामा पैसा नभएको जान्दा जान्दै पनि झुक्याएर चेकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं ९ हाल ललितपुर महानगरपालिका–१४, तिखिदेवल बस्ने वर्ष ४३ को पारस लोहनी रहेका छन् ।
लोहोनीले विभिन्न बैंकको पैसा नभएको खाताबाट विभिन्न व्यक्तिलाई भुक्तानीमा झुक्याउने गरेका थिए । उनीविरुद्ध आकाश लामिछानेल जाहेरी दिएका थिए। आकाससहित अन्य २ जनालाई उनले रकम नभएको खाताबाट चेक दिएर झुक्याएका थिए ।
लोहोनीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा दोषी ठहर गरिसकेको छ। उनलाई २४ लाख रुपैयाँ जरिवाना र २५ दिनको कैद सजायको फैसला भएको छ । सो सजाय बेरुजू रही उनी फरार रहँदै आएका थिए ।
फरार रेहेका लोहनीलाई प्रहरीले सोमबार काठमाडौंको मातातिर्थमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।