समाचार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

covid 19 dead body

काठमाडौं, साउन १३ –

नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो ।

बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको ९ साउनमा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गएको २४ असारमा भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए। ती पुरुषमा दमको समस्या थियो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *