अर्थनीति

सेयर बजारमा २३ अंकको गिरावट, १ अर्ब ६८ करोडको कारोबार

nepse

काठमाडौं, साउन १४ –

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबार २३.३६ अंकले ओरालो लागेको छ ।

यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए  । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी जिव बिमा कम्पनी १९०.८२ अंकले घटेको छ ।  निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी छ । यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि बढी कारोबार हुनेमा पर्दछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस