
काठमाडौं, साउन १४ –
नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगञ्ज महानगरपालिका–७, रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको हो ।
मुटुका बिरामी रहेका ती वृद्धको श्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भेटिएको थियो । कोरोना पुष्टि भएपछि गत साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस