क्रिकेट

सन्दीपले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख सहयोग गर्ने

sandeep lamichhane

काठमाडौं, साउन १४ –

नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल बिहिबार जानुअघि बुधबार पत्रकार सम्मेलनको क्रममा एक लाख रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

सिपिएल भदौ २ देखि २५ अर्थात अगष्ट १८– सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ । सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् ।

मंगलबार कोरोना परिक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस