काठमाडौं, साउन १५ –
आज साउन १५ अर्थात खीर खाने दिन । असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । बर्खा यामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको हो ।
आजको दिन परिवारका सदस्य, आफन्त र छिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने गरिन्छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचीनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।
वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस