कञ्चनपुर, साउन १५ –
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गरेको र हत्या आशंकामा पक्राउ परेका व्यक्तिलाई यातना दिएको आरोपमा मुद्दा खेपिरेहका एसपी विष्टसहित ८ प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले बिहीबार उनीहरुलाई सफाइ दिएको हो ।
तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।
सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् । सफाइ पाएसँगै एसपी विष्टसहित सबैलाई काममा फर्किन बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस