सुर्खेत, साउन १५ –
कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ५ जिल्लामा थप २२ जनामा कोरोना संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको मुगुमा १, सल्यानमा ३, सुर्खेतमा ७, दैलेखमा १० र जाजरकोटमा १ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै कर्णालीमा हालसम्म १ हजार ९ सय ३७ जनालाई कोरोना संक्रमण देखिएको छ भने संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ९७ जना पुगेको छ ।
हालसम्म कर्णालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस