समाचार

बिहीबार काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

covid 19

काठमाडौं, साउन १५ –

काठमाडौं उपत्यकामा बिहीबार थप ४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा स‌ंक्रमण देखिएको हो । बिहीबार थपिएका ४५ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ ।

नेपालमा बुधबार देशभर २७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितकोे संख्या १९ हजार ५४७ पुगेको छ भने ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *