समाचार

नारायणगढ-मुग्लिन सडकमा अब सडक उपभोग दस्तुर लाग्ने

muglin road

काठमाडौं, साउन १५ –

नारायणगढ-मुग्लिन सडकमा सवारी साधन चलाएबापत अब सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको हो ।

अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडकखण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको बताए ।

मोटरसाइकल र स्कुटरले भने शुल्क तिर्नु नपर्ने सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस