समाचार

विराटनगरमा शनिबारदेखि दुई साताका लागि फेरि लकडाउन

biratnagar mahanagarpalika

मोरङ, साउन १६ –

कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि मोरङको विराटनगर महानगरपालिकाले पुनः लकडाउन लगाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए ।

‘अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन् । त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन । त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,’ उनले भने, ‘त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो ।’

अब भोलिदेखि विराटनगरमा लकडाउनको अवधिभर व्यापार व्यवसायसहित सम्पूर्ण बजार ठप्प रहने मेयर पराजुलीले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस