
काठमाडौं, साउन १६ –
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको जनाकारी दिएका छन् ।
कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–११ श्रीपुर ५६ वर्षीय पुरुष, वीरगञ्ज–१६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२, छपकैयाका ६५ वर्षीय पुरुष र वीरगञ्ज–११ की एक महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस