समाचार

लाजिम्पाटमा ड्रोन उडाउने ४ जना पक्राउ

drone

काठमाडौं,

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिनाअनुमति ड्रोन उडाउने कार्यमा संलग्न ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्यसहित चारजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ड्रोन उडाउनेहरू मार्चिङ एन्ड प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा मानवरहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले उडाएको ड्रोन निषेधित क्षेत्रमा पुगेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएकै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस