
काठमाडौं,
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन् । मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत चीन सीमा विवाद उत्कर्षमा पुगेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार सीमामा गतिरोध हटाउनका लागि आह्वान गरेको भए पनि तनाव मत्थर बनाउने प्रक्रियालाई निकै समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस