राजनीति

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

kp oli prachanda

काठमाडौं,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तन्किँदै गएपछि आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

स्थायी कमिटी बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि शनिबारको बैठक पूर्ण रुपमा संचालन हुन नसकेपछि आज बस्ने गरि स्थगित भएको थियो । नेकपाको विवाद तिब्ररुपमा बढेपछि पार्टीको जारी स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

पछिल्लो पटक विवाद समाधान गर्न दुवै अध्यक्षबीच आइतबार भएको छलफल सकारात्मक नभएपछि आजको बैठक पनि नहुने अनुमान गरिएको थियो ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचन सहित बहुसंख्यक स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक नियमित हुन सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *