
ओखलढुंगा,
ओखलढुंगाका एक युवाले कोरोना जितेका छन् । गएको असार ७ गते कोरोना पुष्टि भएका २८ वर्षीय युवाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोरोना जितेर घर फर्किएका युवा गएको असार ३० गते भारतबाट घर आएका थिए ।
कोरोना देखिएपछि कोरोना अस्पताल विराटनगरमा उपचार गराइरहेका उनी सोमबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
संक्रमण मुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको तिवारीको भनाइ छ । ती युवा बाहेक अरुलाई जिल्लामा कोरोना संक्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।
प्रतिक्रिया दिनुहोस