
काठमाडौं,
प्रहरीको लागु औषध नियन्त्रण ब्युरो-एनसिबीले २ केजी अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-३ का ३५ वर्षीय पदमबहादुर थिङ हेटौँडा उप- महानगरपालिका-१९ बाट पक्राउ परेको एनसिबीले जनाएको छ । प्रहरीको थिङको साथबाट एक केजी ९ सय ५० ग्राम अफिम बरामद गरेको छ ।
कारोबारको योजना बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाइएको ब्यूरोले जानकारी दिएको छ ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस