बलिउड / हलिउड

कोरोना संक्रमणबाट अभिनेता निकको निधन

Nick Cordero

काठमाडौं,

कोरोना भाइरस संक्रमणका कारण क्यानेडियन कलाकार तथा रंगकर्मी निक कोर्डेरोको निधन भएको छ ।कोरोना संक्रमण देखएिपछि ३ महिनाअघि अस्पताल भर्ना गरिएका निकको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

४१ वर्षीय निकमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको लस एन्जल्सको एक अस्पतालमा निधन भएको जनाइएको छ ।

कोर्डेरोलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । उनको निधनपछि सेलिब्रेटी र फ्यानले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोर्डेरो सन् २०१४ मा टोनी अवार्डमा बेस्ट फिचर्ड एक्टर विधामा नोमिनेसनमा परेका थिए । त्यस्तै उनी ड्रामा डेस्क अवार्डमा पनि नोमिनेसनमा परेका थिए ।

उनले अ स्टान्ड अप गाइ, मोब टाउन, इन्साइड गेम लगायतका फिल्ममा समेत अभिनय गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस