वीरगञ्ज, असार २२ –
पर्साको बिन्दबासिनी गाउँपालिकाको गादी खोलामा एकजना पुरुषको शव फेला परेको छ । सोही गाउँपालिकाका वडा नं. ३ इटियाहीका ४० वर्षीय उमेश सहनीको शव फेला परेको हो ।
बिन्दबासिनी-५ पर्सौनीभाठास्थित गादी खोलाले बगाइरहेको अवस्थामा सहनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना स्थलबाट प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ ।
शवको पोस्टमार्टम रिपार्ट आएपछि घटनाबारे थप जानकारी आउने प्रहरीले बताएको छ । घटनामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय पोखरीयाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस