राजनीति

झलनाथ खनाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

Yanqi

काठमाडौं, असार २३ –

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला चिनियाँ राजदूत यान्छीले आफ्नो सक्रियता बढाएकी हुन् । यसअघि आइतबार साँझ नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।

नेता नेपाललाई भेटेको दोस्रो दिन नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि सारिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस