समाचार

पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते

corona testing lab

पाल्पा, असार २३ –

पाल्पामा ४७ जना कोरोना संक्रमणबाट निको भएका छन्  । जिल्लाका विभिन्न स्थानको आइसोलेसनमा बसेका सक्रमित मध्ये सोमबा मात्र रम्भा गाउँपालिकाका–१७ जना र रैनादेवी छहरा गाउँपालिकाका १२ जना गरी २९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएकालाई अस्पतालबाट गाडीमा राखेर घरमा पुर्याएको छ । हालसम्म रम्भा गाउँपालिकामा ३९ जना संक्रमण भएकोमा २५ जना निको भई घर फर्किसकेका छन् ।

रम्भा गाउँपालिकाका १७ जना लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचारत थिए । यस्तै माथागढी गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १ जना, रामपुर नगरपालिकामा २ जना निको भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस