
काठमाडौं, असार २३ –
नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का २६ वर्षीय युवक रहेका छन् ।
ती युवकले असार २० गते झुन्डिएर आत्महत्या प्रयास गरेका बेलामा परिवारले लगतैै डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्याएका थिए । अवस्था गम्भीर रहेको भन्दै त्यहाँको अस्पतालले पाटन अस्पताल ‘रिफर’ गरेको थियो ।
उनको हिजो मृत्यु भएको हो । कोरोना परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उनको कोरोनाबाटै मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाकीँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस