समाचार

भक्तपुरमा भर्खरै खनेको इनारबाट निस्कियो ग्यास

inar bata gas

भक्तपुर, असार २३ –

चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छिन् ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उनले केही समय अघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगोको लप्का निस्किएको थियो । सो वडाका वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस