काठमाडौं, असार २३ –
नेपालमा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस