समाचार

काठमाडौंमा १४ सहित उपत्यकामा आज थपिए २८ संक्रमित

covid 19 test positive

काठमाडौं, असार २३ –

काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल र त्रिवि  शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस