राजनीति

नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित

kp oli prachanda

काठमाडौं, असार २४ –

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएकने स्थायी समिति बैठक फेरी स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डबीच राजीनामा नमाग्ने सर्तमा स्थायी कमिटी बैठक बुधबार बस्ने आन्तरिक सहमति भएको बाहिर आएको थियो । तर, पुनः चौथोपटक बैठक स्थगित भएपछि कुनै ठोस सहमति नभएको खुलेको छ ।

नेकपामा विवाद मिलाउन दोस्रो तहका चार नेताको कार्यदल गठन भएको छ । सो कार्यदलले विवाद निरुपण गर्ने सहमतिको खाका नबनाएसम्म स्थायी कमिटी बैठक टार्दै लैजाने प्रधानमन्त्री ओलीको रणनीति देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस