समाचार

जेलबाट छुटेलगत्तै सुन पसलमा चोरी गर्ने तीन जना पक्राउ

Thief Gang

काठमाडौं, असार २४ –

प्रहरीले रातको समयमा राजधानीका सटर फोडी सुन–चाँदी पसल चोरी गर्ने तीन जना गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।

उनीहरुले दिनभर कागज–बोतल उठाउने साइकल लिई बिभिन्न सुन–चाँदी पसलहरुको हप्तादिनसम्म रेकि गरी रातको समयमा सुन–चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको पाइएको छ ।

उनीहरुले २०७६ फागुन १८ गते लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको १ किलो १५० ग्राम बराबरको सुनका गर–गहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गर गहनाहरु र नगद समेत गरी ८५ लाख ८५ पचासी हजार छ सय ४२ रुपैयाँ चोरी गरेका थिए।

महाशाखाको विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए । घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् ।

प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।

जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको थापा बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस